बिर्तामोड । २०२८ सालका कम्युनिस्ट योद्धा टंकप्रसाद चौधरीलाई निर्माण गरिएको घर मंगलबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ।
झापा बिर्तामोडका ४ बिदुर तिवारीले योद्धा चौधरीलाई ५.५ धुर जग्गा उपलब्ध गराएका थिए।
नगरपालिकाका नगरप्रमुख ध्रुबकुमार शिवाकोटी र उप प्रमुख पबित्रा महतरा प्रसाईले चौधरीलाई घर हस्तान्तरण गरेका हुन् ।
Advertisement
चौधरी २०२८ सालको कम्युनिस्ट आन्दोलनका क्रममा ९ बर्ष ३ महिना जेल जीवन बिताएका थिए। श्रीमती र एक छोरीका साथ उनी बिर्ताबजारमा कोठा भाडामा बस्दै आएका थिए ।
जग्गाको दाता तिवारीले हस्तान्तरण कार्यक्रममा नगरपालिकाले घर निर्माण गरिदिएकोमा खुशी व्यक्त गरेका छन् ।
घर हस्तान्तरण गर्दै नगरप्रमुख शिवाकोटीले अब सबै निमिखा जनताको आवास निर्माण गर्न नगरपालिका लागेको बताउदै अब कोहि पनि घरबार बिहिन नहुने बताए ।







