झापाको अर्जुनधारामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
आज बिहान ८ बजे अर्जुनधारा नगरपालिका वडा नं.११ स्थित नमुना सामुदायिक वनभित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा डुबेर दुई बालकको मृृत्यु भएको हो ।
तेह्रथुम जिरीखिम्ती घर भई सोही ठाउँ बस्ने पूर्णबहादुर राईको घरमा पाहुना आएका धनमाया गुरुङका छोरा १२ वर्षीय महसुस गुरुङ र सोही ठाउँ बस्ने मुना गुरुङका छोरा १० वर्षीय सुजल गुरुङ पौडी खेल्ने क्रममा पोखरीमा डुबिरहेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लिएर गएकोमा चिकित्सकले दुबै जनालाई ८:२० बजे मृत घोषणा गरेका छन् ।
Advertisement
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







