झापा । बिर्तामोड २ स्थित वीर अमर सिंह प्राबिधिक माद्यामिक बिद्यालयमा शहिद राम नाथ दाहालको स्मृतिमा गेट निर्माण तथा अक्षयकोष स्थापना गरिएको छ ।
बिद्यालयमा आज एक कार्यक्रमका बीच भुपेन्द्र दाहाल बुहारी अम्बिका दाहालले गेट निर्माणको लागत ७८ हजार र अक्षयकोषको लागि १लाख ५१ हजार रुपैया हस्तान्तरण गरेका छन् सहिद रामनाथ दाहाल स्मृति अक्षयकोष बाट संथाल जातिका बालबालिका लाई छात्रवृत्ति दिईने बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष किशोर पौडेलले जानकारी दिए।
कार्यक्रममा प्रध्यानाध्यापक यदुनाथ अधिकारीले दाताले दिएको रकम सहि प्रयोग गरिने प्रतिबद्धता जनाउदै अझ रचनात्मक काम गर्ने बताए ।
Advertisement
२०२८ सालमा तत्कालीन एमाले चलाएको आन्दोलनमा पक्राउ परेका दाहाल लाई इलाम जेल सरुवा गर्ने बहानामा सुखानीको जंगलमा गोलि हानी हत्या गरिएको थियो।







