झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)झापाले सदस्यको मृत्युमा परिवारजनलाई राहत रकम प्रदान गरेको छ ।
घैलाडुब्बा कार्यालय अन्तरगत इकाई नं ४ लक्ष्मीपुरका सदस्य कन्हैयालाल गुप्ताकी श्रीमती गीतादेवी गुप्ताको माघ २२ गते ५७ वर्षको उमेरमा निधन भएको थियो । उनको परिवारजनलाई संस्थाले समवेदना सहित ५० हजार रुपैयाँ राहत प्रदान गरेको हो ।
घैलाडुब्बा कार्यालयका निमित्त कार्यालय प्रमुख तथा कर्जा फाँट प्रमुख श्री कृष्णप्रसाद उप्रेती,घैलाडुब्बा कार्यालयगत उपसमिति संयोजक गणेशप्रसाद उप्रेती,उपसमिति सदस्यहरु नरमान श्रेष्ठ र रुपादेवी मिश्र, एकाइ नम्बर १ संयोजक रुद्रबहादुर बोहरा,एकाई नम्बर २ संयोजक भीमबहादुर बुढाथोकी,एकाई नम्बर ३ संयोजक खगेन्द्रप्रसाद पाण्डे, एकाई नम्बर ४ संयोजक लेखनाथ दाहाल तथा सदस्य बेनुप्रसाद घिमिरे र विष्णुमाया खतिवडा साथै एकाई नम्बर ४ कि बजार प्रतिनिधि मुना विश्वकर्मा लगायतको टोली गुप्ता निवास गएर राहत प्रदान गरेको हो ।

सदस्य परिवारमा समवेदना र राहत रकम प्रदान गर्दै उपसमिति संयोजक उप्रेतीले जीवनका सबै आरोह अवरोहमा एनएमसी सदस्यको साथमा रहने गरेको सुनाउनुभयो । उहाँले सहकारीमा सदस्यको योगदानको आधारमा राहत सुविधा प्रदान गर्ने गरेको बताउनुभयो ।







