• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसताक्षीका प्रचिन शनिबारदेखि बेपत्ता


  •    संवाददाता/ सोमबार, जेठ ०६, २०८२  

  • झापाको शिवसताक्षी नगरपालिका वडा नं.८ झिलझिलेका एक किशोर २४ घण्टा लामो समयदेखि बेपत्ता भएका छन् ।

    झिलझिले माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय प्रचिन लुइटेल शनिबार दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।

    Advertisement

    परिवारका अनुसार प्रचिन आफ्नी दिदी पुष्पा लुइटेलसँग शनिवार काँकरभिट्टा गएका थिए । पुष्पाले भनिन् ‘ शनिवार भएकाले उ स्कूल गएको थिएन । भाईलाई एक्लै घरमा छोड्न भन्दा पनि आफै संग लैजान महिले उचिन ठाने । हामी दुवै जना आफन्त भेट्न काँकडभिट्टाको बर्मेली टोल गएका थियौँ । घरायसी सामान किन्न म पानीट्याङ्की जानुअघि भाइलाई ठुलो मम्मिको घरमै छोडेकी थिएँ । फर्केर आउँदा उनी घरमा थिएनन् ।’ ठूलो मम्मीको अनुसार ‘शौचालय जान्छु भनेर घर बाहिर निस्केका थिए । तर त्यसपछि उनी अहिले सम्म सम्पर्कमा आएका छैनन्,’ दिदी पुष्पाले भनिन् ।

    Advertisement

    वेपत्ता किशोरका परिवार अन्य आफन्तले चिनजानका ठाउँ र काँकरभिट्टाका गल्ली-गल्लीसम्म खोजी गरे पनि उनी फेला परेका छैनन् । स्थानीय प्रहरीको सहयोगमा सिसी क्यामेराका फुटेजसमेत हेर्यौ तर किशोरको अत्तो पत्तो नभएको खोजिमा संलग्न आफन्तले बताएका छन् ।

    बेपत्ता प्रचिनको खोजीमा परिवारले सञ्चारकर्मी, प्रहरी, कानुन व्यवसायी लगायत आम नागरिकसँग सहयोगको अपिल गरेका छन् । किशोर बेखवर भएपछि आफन्तले इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय झिलझिलेसमेत लिखित उजुरी दिएको बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालय झापाले पनि किशोर बेपत्ता भएको पुष्टि गरेको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले भने, ‘हामीले खबर प्राप्त गरेपछि मातहतका सम्पूर्ण प्रहरी इकाइलाई सूचना पठाएका छौं । यतिबेला खोजी कार्य तीव्र पारिएको छ ।’

    आफन्तले पनि कुनै कारणले बेखवर भएको भए प्रचिनलाई घर फर्कन अनुरोध गरेका छन् । किशोरकी आमाको कारोना संक्रमण भएर मृत्यु भएको थियो । बाबु बैदेशिक रोजगारमा छन् । उनि दिदी पुष्पासँग बस्दै आएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.