बिर्तामोड मिडिया रिसर्च सेन्टर र विरता रिडर्सको संयुक्त आयोजनामा एक दिने साहित्यिक लेखन बिर्तामोडमा सम्पन्न भएको छ ।
गोपिकृष्ण स्मृति प्रतिष्ठान, झापाली साहित्य समाज, साहित्य पत्रकार मञ्च र इशा बुक्सको संयोजनमा भएको तालिममा साहित्य लेखनका विभिन्न आयाम, शैली र प्रविधि सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिमका प्रशिक्षक लेखक रमेश शायनले सहभागीहरूलाई साहित्यिक लेखनका विधि, भाषा प्रयोग र लेखन कौशलका विषयमा जानकारी गराउनुका साथै लेखनमा आवश्यक तार्किकता र सिर्जनशीलताको महत्वबारे चर्चा गरेका थिए ।
उनले आफ्नो रुचीको बिषय बैलैमा पत्ता लगाउन सकियो भने मात्र सफलता हासलि गर्न सकिने बताए । उनले लेख्ने र कलम चलाउने सबैलाई हौसला प्रदान गर्दै विश्लेष्णात्मक क्षमतालाई बढाउन प्ररित गरेका थिए ।
मिडिया रिसर्च सेन्टरका संयोजक तीर्थ सिग्देलको अध्यक्षतामा भएको तालिममा सहभागी विद्यार्थीहरुले आफुले लेखेका गजल तथा कविताहरु प्रस्तुत गरेका थिए ।
बिर्तामोड नगरपालिका र लिङ्कन मन्टेश्वरीको विशेष सहयोग रहेको प्रशिक्षणमा विभिन्न क्षेत्रका लेखक, पत्रकार, साहित्यप्रेमी तथा साहित्यमा रुचि राख्ने विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमले साहित्यिक लेखनमा अभिरुचि राख्ने युवाहरुलाई थप प्रोत्साहित गर्ने आयोजक संस्थाको विश्वास छ । तालिममा सहभागीहरुले यस्ता किसिमका कार्यक्रमहरुले समाज रुपान्तरण गर्न तथा सिर्जनशिलतामा सकारात्मक परिवर्तन ल्याउने धारणा व्यक्त गरेका थिए ।
हरि बरालले स्वागत गरेको कार्यक्रमलाई पत्रकार सरोज पौडेलले सञ्चालन गरेका थिए ।







