• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाका तीन अस्पतालबाट कोरोनाविरुद्धको खोप सुरु, पहिलो चरणमा ९ हजार २७३ जनालाई लगाइने


  •    संवाददाता/ बुधबार, माघ १४, २०७७  

  • झापा ।तीन वटा स्थानीय तहलाई केन्द्र बनाएर झापामा बुधवारदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’खोप लगाउन सुरु गरिएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय झापाले मेची प्रादेशिक अस्पताल भद्रपुर, अनारमनि अस्पताल बिर्तामोड र दमक अस्पताल दमकमा एकैसाथ कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका हुन् ।

    Advertisement

    तीन वटै स्वास्थ्य केन्द्रमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी खोप लगाउन सुरु गरेको बताइएको छ ।

    Advertisement

    मेची प्रादेशिक अस्पतालमा भद्रपुरमा डाक्टर मनिष सुवेदीले पहिलो खोप लगाएर उद्घाटन गर्नुभएको थियो ।

    त्यसपछि क्रमशः स्वास्थ्यकर्मी र महिला स्वयमसेविकाहरुले लगाएका थिए ।

    खोप उद्घाटन कार्यक्रममा बोल्दै भद्रपुर नगरपालिका मेयर जीवनकुमार श्रेष्ठले विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले प्रमाणित गरिसकेको  ‘कोभिशिल्ड’ खोपको विषयमा विभिन्न भ्रामक प्रचारप्रसार भइरहेकोले त्यसको पछि नलाग्न आग्रह गर्नुभयो ।

    त्यस्तै मेची अस्पतालका मेसु डा. पीताम्बर ठाकुरले खोप लगाएपछि कसैमा कुनै स्वास्थ्य समस्या देखा परे सरकारकै निर्देशन बमोजिम अस्पतालमा त्यसको सम्पूर्ण तयारी पूरा गरिसकेको बताउनुभयो ।

    यता स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलका अनुसार झापामा ११ हजार डोज खोप प्राप्त भएको जानकारी दिनुभयो ।

    स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शबबाहनका चालक, सुरक्षाकर्मी र व्यवस्थापकीय कार्यमा खटिएका कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने कार्यक्रम सुरु भएको बताउँदै उहाँले पहिलो चरणमा ९ हजार २ सय ७३ जनालाई खोप लगाउने पहिलो टार्गेट रहेको बताउनुभयो ।

    उनका अनुसार मेची अस्पतालमा भद्रपुर, मेचीनगर, हल्दिबारी र कचनकवल पालिकाका लागि खोप अभियान सञ्चालन गरिएको छ ।

    अनारमनि अस्पतालमा बिर्तामोड, अर्जुनधारा, बुद्धशान्ति, झापा, कनकाई र बाह्रदशी पालिका र  दमक अस्पतालमा दमक, गौरादह, गौरीगञ्ज, कमल र शिवसताक्षी पालिकाका लागि खोप अभियान सञ्चालन गरिएको बताउनुभयो ।

    आधा मिल लिटर मात्रामा खोप पाखुराको मासुमा लगाइने र दोस्रो खेप चार हप्तापछि लगाइने उहाँले बताउनुभयो । खोप लगाउन स्वास्थ्यकर्मीहरूलाई तालिम दिइसकेको उहाँको भनाई छ ।

    बिर्तामोडस्थित अनारमनि अस्पतालमा पहिलो खोप डाक्टर हेमन्त राठीले लगाउनुभयो । राठी बिर्तामोडमा लावण्य स्किन हेल्थ केयर सेन्टर सञ्चालन गर्दै आउनुभएको छ। बिर्तामोडको खोप अभियानको शुभारम्भमा नगरपालिका मेयर ध्रुव सिवाकोटीले लगायतको उपस्थिति रहेको थियो ।

    त्यस्तै दमक अस्पतालमा पहिलो खोप डाक्टर नवीन ढकालले लगाउनुभएको थियो । मकमा  खोप अभियानको शुभारम्भ कार्यक्रममा राष्ट्र सभा सदस्य देवेन्द्र दाहाल, दमकका मेयर रोमनाथ ओली लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.