झापा । बिर्तामोड नगर खेलकुद बिकास समितीले सहिद दिवसको अवसरमा खुल्ला मिनि म्याराथन दौड प्रतियोगिता गर्ने भएको छ।
बिर्तामोड ८ देउनिया चौक देखि बिर्तामोड नगरपालिकाको परिसर सम्म प्रतियोगिता गरिने समितिका अध्यक्ष टीका संग्रौलाले जानकारी दिनु भयो।
महिला तथा पुरुष दौड प्रतियोगितामा १०० भन्दा बढीको सहभागीता रहने संग्रौलाले बताउनु भयो। लामो समय देखि खेलकुदका गतिविधि नभएका कारण खेलाडीहरुमा प्रेरणा जगाउन प्रतियोगिता गरिएको समितीका उपाध्यक्ष केशब भण्डारीले बताउनु भयो।
Advertisement
प्रतियोगी बिजेताले ९ हजार ७ हजार ५ हजार ३ हजारका दरले पुरस्कार घोषणा गरिएको छ। पाँच किलोमिटर दुरिमा हुने प्रतियोगितामा स्थानीय युवाहरुको सहभागीता रहने उपाध्यक्ष दुर्गाराज निरौलाले जानकारी दिनु भयो।







