शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् ।
मन्त्री भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
शिक्षकहरूले विभिन्न माग राखेर काठमाडौँमा निरन्तर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन् ।
Advertisement







