झापा । अर्जुनधारा १० कालीझोडाका व्लड क्याक्सरपिडित १८ बर्षीय किशोर राजकुमार बिश्वकर्माको उपचारका लागी सहयोग गरीदिन परीवारले सवैमा आग्रह गरेको छ ।
बिगत केहि महिनादेखि काठमाडौको टिचिङ अस्पतालमा उपचाररत राजकुमारको आर्थिक अवस्था दयनिय रहेकाले उपचारमा समस्या आएको उनका बुवा लाल बहादुर बिश्वकर्मा बताउँछन् ।
छोराको उपचारमा आफ्नो सवै जायजेथा सकिएको र अझै धेरै रकम आवश्यक परेको हुँदा आफ्नो छोराको ज्यान बचाईदिन सहयोगी हातहरुलाई बुवा लाल बहादुर र आमा लिला बिकको आग्रह छ ।
यसैबिच , क्यान्सरपिडित राजकुमारको उपचारका लागी सहयोग जुट्ने क्रम शुरु भएको छ । यसैक्रममा अर्जुनधारा ९ का कुल बहादुर पौडेलले राजकुमारको उपचारका लागी सहयोग रकम परीवारसमक्ष हस्तान्तरण गर्नुभएको छ ।
एकलाई बिपद् आईपर्दा अर्कोले सहयोग गर्नु मानवीय धर्म र पुन्यको काम भएको भन्दै पौडेलले घरमै गएर राजकुमारका मातापिता लाल बहादुर र लिलालाई नगद २१ हजार ५ सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको स्थानीय खगेन्द्र सुबेदिले जानकारी दिनुभयो ।
क्यान्सरपिडित राजकुमारको उपचार र जीवन रक्षाका लागी सहयोग गरीदिन सवैमा उहाँले अपिल समेत गर्नुभयो।







