• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पठन संस्कृतिले बालबालिकामा विकास हुन्छ यस्ता गुण


  •    संवाददाता/ बिहिबार, बैशाख ०४, २०८२  

  • बालबालिकाको शिक्षा प्राय: पाठ्यपुस्तकमा आधारित हुन्छ । पढ्ने भनेको स्कुलको पाठ्यपुस्तकमा जे छ, त्यो मात्रै हो भन्ने धारणा बालबालिका धेरै बालबालिका देखिन्छ । स्कुलका पाठ्यपुस्तक राम्रोसँग पढ्ने र परीक्षामा धेरै नम्बर ल्याएपछि पुग्छ भन्ने सोचाइ कतिपय अभिभावकमा हुन्छ । तर, पाठ्यपुस्तकले मात्र बालबालिकाको समग्र विकासको आवश्यकता पूरा गर्न सक्दैन ।

    स्कूलमा पाठ्यक्रमअनुसार तयार पारिएका किताबहरूले उनीहरूलाई आधारभूत ज्ञान, गणित, विज्ञान र भाषा सिकाउँछन् । ज्ञानको दायर बढाउनका लागि बालबालिकालाई अन्य पुस्तक पढाउनु आवश्यक हुन्छ, जुन उनीहरूका लागि बोझिलो, पट्यारलाग्दो भन्दा पनि रुचिकर र मनोरञ्जन दिने खालको होस् ।

    Advertisement

    अरू पुस्तकहरू जस्तै कथा, कविता, उपन्यास, चित्रकला, सामान्य ज्ञानका पुस्तक बालबालिकाका लागि जरुरी हुन्छ। यस्ता पुस्तकले उनीहरूको कल्पनाशक्ति, भावनात्मक बुद्धि, रचनात्मकता र सामाजिक चेतना बढाउँछन् ।

    Advertisement

    बालबालिकाले पाठ्यपुस्तकबाहेक अरू किताब किन पढ्नुपर्छ, त्यसले के फाइदा गर्छ त ?

    पाठ्यपुस्तकहरू प्राय: परीक्षा र औपचारिक शिक्षामा केन्द्रित हुन्छन् । तिनले तथ्य, सूत्र र नियम सिकाउँछन्, तर बालबालिकाको व्यक्तिगत र भावनात्मक विकासमा सीमित योगदान गर्छन्। पाठ्यपुस्तकबाहेकका किताबहरूले यी कमजोरीलाई पूरा गर्छन् ।

    किन पाठ्यपुस्तकबाहेकका पुस्तक पढ्ने ?

    १. ज्ञानको दायरा बढ्छ

    पाठ्यपुस्तकहरूले सीमित विषय मात्र समेट्छन् । तर कथा, विज्ञान कथा, वा इतिहासका किताबले बालबालिकालाई संसारको विविधता, संस्कृति, र नयाँ विचारसँग परिचित गराउँछन् ।

    २. रुचिको विकास हुन्छ

    पाठ्यपुस्तक अनिवार्य हुन्छ, जसले कहिलेकाहीँ पढाइप्रति अरुचि पैदा गर्छ । तर स्वेच्छाले छानिएका किताबहरूले पढ्ने बानी र रुचि जगाउँछ ।

    ३. जीवनकलाको विकास हुन्छ

    जीवनी वा प्रेरणादायी किताबले बालबालिकालाई धैर्य, संघर्ष र सफलताको पाठ सिकाउँछ, जुन पाठ्यपुस्तकमा सीमित हुन्छ ।

    ४. भाषिक दक्षता वृद्धि हुन्छ

    विभिन्न शैलीका किताब पढ्दा शब्दभण्डार र लेखन कौशल बढ्छ, जुन पाठ्यपुस्तकको औपचारिक भाषाले मात्र पूरा गर्न सक्दैन विभिन्न शैलीका किताबले शब्दभण्डार, वाक्य संरचना निर्माण तथा लेखनशैलीको विकास हुन्छ । नेपालमा नेपाली, अंग्रेजी, वा स्थानीय भाषाका किताबले बालबालिकालाई बहुभाषिक बनाउन सहयोग गर्छ ।

    ५. कल्पनाशक्ति र रचनात्मकताको विकास

    कथा किताबहरूले बालबालिकालाई काल्पनिक संसारमा लैजान्छ। यस्ता किताबले उनीहरूलाई नयाँ कुरा सोच्न र समस्याको रचनात्मक समाधान खोज्न प्रेरित गर्छ । स्विस मनोवैज्ञानिक जिन पियाजेले भनेका छन्, ‘बालबालिकाको बौद्धिक विकास खेल र कल्पनाबाट हुन्छ’ किताबले यो अवसर दिन्छ । पुस्तकहरू पढेर आफैँ कथा, कविताहरू लेख्ने कलाको पनि सिकिरहेका हुन्छन् ।

    ६. भावनात्मक विकास

    कथाका पात्रहरूको भावना र संघर्ष पढ्दा बालबालिकाले सहानुभूति र भावनात्मक समझ विकास गर्छन् । कथा पढ्ने बालकालिकामा अरूको भावना बुझ्ने र व्यक्त गर्न सक्ने क्षमता ३० प्रतिशत वृद्धि भएको देखाएको थियो ।

    ७. आत्मविश्वास र स्वतन्त्र सोच्ने शक्ति बढ्छ

    किताब पढ्दा बालबालिकाले आफ्नै विचार बनाउन सिक्छन् । आफूले पढेका पुस्तकमा भएका पात्र, तिनले गरेका संघर्ष, तिनको भनाइ जस्ता कुराले बालबालिकामा आत्मविश्वास बढ्ने हुन्छ । आफैँ निर्णय गर्ने क्षमतामा पनि वृद्धि हुन्छ । स्वतन्त्र रुपमा पुस्तक पढ्ने बानीले बालबालिकाको आत्मविश्वास र निर्णय क्षमता वृद्धि भएको विभिन्न समयमा भएका अध्ययनहरूले पनि देखाएका छन् ।

    ८. नैतिकताको विकास

    लोककथा, मिथक, र प्रेरणादायी किताबले बालबालिकालाई सही-गलत छुट्याउन सिकाउँछ । जस्तो ‘बुद्धका कथा जस्ता किताबले करुणा र इमानदारीको पाठ सिकाउँछ । यो पाठ्यपुस्तकको औपचारिक शिक्षाभन्दा अन्य पुस्तकका ज्ञान गहिरो र व्यावहारिक हुन्छ ।

    ९. तनाव व्यवस्थापन र मनोरञ्जन

    स्कूलको पढाइ, पाठ्यपुस्तक र गृहकार्यले गर्दा बालबालिकालाई तनाव भइरहेको हुनसक्छ । कथा वा हास्य किताबले तनाव कम गर्छ । बालबालिकालाई मनोरञ्जन पनि प्रदान गर्छ, जुन पाठ्यपुस्तकबाट मिल्दैन । यस्तोमा उनीहरूको मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाइरहेको हुन्छ ।

    १०. डिजिटल स्क्रिनको समय कम गर्न सकिन्छ

    अहिले प्राय बालबालिकालाई सानै उमेरदेखि मोबाइल, ट्याब, ल्यापटप आदिमा भिडियो हेर्ने, गेम खेल्ने त बानी बसेको हुन्छ । यदि उनीहरूले रुचिका पुस्तक पढ्न पाएको खण्डमा डिजिटल स्क्रिनमा समय बिताउन कम गर्नेछन् र सिर्जनात्मक कार्यमा ध्यान जान्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.