सरकारले संसद्को वर्षे अधिवेशन आह्वान गरेपछि शिक्षक महासंघले बैठक बोलाएको छ ।
मंगलबार राति सरकारले शिक्षकको माग अनुसार शिक्षा विधेययक पेस गर्ने गरी संसद बैठक आह्वान गरेपछि महासंघले बैठक डाकेको हो ।
बिहीबार बिहान बैठक बस्ने र त्यसपछि औपचारिक धारणा सार्वजनिक गर्ने महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् ।
Advertisement
सरकारसँग अहिले कुनै संवादमा नरहेको उनले बताइन् । ‘सरकारसँग संवाद छैन । सरकारले संवादको लागि अनुरोध गरेको छ । हामी सरसल्लाह गर्दैछौं,’ उनले भनिन् ।
भोलि बिहान बैठक बसेर आन्दोलनको समीक्षा र थप रणनीति बनाउने महासंघको तयारी छ । ऐन जारी नभएसम्म आन्दोलन नरोकिने अडान शिक्षकहरूको छ ।
महासंघको नेतृत्वमा २० चैतदेखि काठमाडौँमा शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । शिक्षकको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।







