• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
मङ्गलबार, कार्तिक ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म


  •    संवाददाता/ शनिबार, चैत २९, २०८१  

  • पूर्ण रूपमा स्वचालित एआई र रोबटिक्स प्रणालीले सञ्चालन गरेको इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रक्रियाबाट एक शिशुको जन्म भएको छ ।

    विशेषज्ञहरूले आफ्नो भौतिक संलग्नता बिनै कृत्रिम बुद्धिमत्ता (एआई)लाई डिजिटल माध्यमबाट निर्देशन दिएको भरमा आईभीएफ विधि सञ्चालन गरेर विश्वमै पहिलो बच्चा जन्मिएको स्वास्थ्यसम्बन्धी जानकारी दिने अन्तर्राष्ट्रिय सञ्चारमाध्ययम मेडिकल एक्सप्रेसले जनाएको छ । बच्चा स्वस्थ रहेको खबरमा उल्लेख छ ।

    Advertisement

    अमेरिकी बायोटेक कम्पनी ‘कन्सिभेबल लाइफ साइन्सेज’ का वैज्ञानिक तथा चिकित्सकहरूले पूर्ण स्वचालित आईभीएफ प्रविधि विकास गरेका हुन् । एआईमा आधारित आईभीएफ प्रविधिमा महिलाको डिम्ब र पुरुषको शुक्रकीट लिएर प्रयोगशालामा निषेचन गर्ने प्रक्रिया आईसीएसआई लाई पूर्ण स्वचालित बनाइएको थियो ।

    Advertisement

    आईभीएफ विधिको परम्परागत निषेचन प्रक्रियामा एक-एक शुक्रकीटलाई भ्रुण विशेषज्ञहरूले अण्डामा इन्जेक्सन गर्ने वा खोपद्वारा मिसाउनुपर्छ । यो निकै लामो प्रक्रियाका कारण प्रयोगशालाका कर्मचारीलाई अधिक थकान र मानवीय त्रुटिको समेत सम्भावना रहन्छ । लामो प्रक्रियाका कारण महँगो पनि छ ।

    अहिले विकास गरिएको प्रणालीले निषेचन पक्रियाका २३ वटा जटिल चरणहरूलाई एआई र डिजिटल नियमनमार्फत स्वाचालित गरी सही र सटीक परिणाम सुनिश्चित गर्ने दाबी गरिएको छ । यस प्रविधिले भ्रुण विकासको सम्भावना बढाउने गरी निषेचन प्रक्रियामा सबैभन्दा उत्तम शुक्रकीट छनोट गर्न एआईमा निर्भर रहने कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अन्तरजिल्ला र बाह्य मतदानबारे निर्वाचन आयोगको प्रस्ताव गृह मन्त्रालयमा
    अर्जुनधारा माविमा दशैँ बिदाको मौका छोपी चोरी
    एनपीएलमा साबिक विजेता लुम्बिनीको विजयी सुरुवात, सुदूरपश्चिम स्तब्ध
    ताजा अपडेट
    • अन्तरजिल्ला र बाह्य मतदानबारे निर्वाचन आयोगको प्रस्ताव गृह मन्त्रालयमा
    • अर्जुनधारा माविमा दशैँ बिदाको मौका छोपी चोरी
    • एनपीएलमा साबिक विजेता लुम्बिनीको विजयी सुरुवात, सुदूरपश्चिम स्तब्ध
    • २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
    • एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • एनपीएल विजेताले १ कराेड ५० लाख पाउने
    • आज कोजाग्रत पूर्णिमा: बडादशैं बिदा गर्दै लक्ष्मीको स्वागत गरिँदै
    • जिल्ला प्रशासन कार्यालय झापाले बिदाको दिन पनि विशेष सेवा दिदैं
    • झापामा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध
    • कर्णाली याक्सबाट डेभिड मिलरले एनपीएल खेल्ने

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.