• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

परीक्षा र उत्तरपुस्तिका परीक्षणमा सहयोग गर्न शिक्षकलाई अपिल


  •    संवाददाता/ शनिबार, चैत २९, २०८१  

  • राष्ट्रिय परीक्षा बोर्डले परीक्षा र उत्तरपुस्तिका परीक्षणमा संलग्न भइ विद्यार्थीको जीवनको महत्त्वपूर्ण समयलाई ख्याल गर्न आन्दोलनरत शिक्षकलाई अपिल गरेको छ ।

    शिक्षक आन्दोलनका कारण कक्षा १० को अन्तिम परीक्षा एसईईको कापी परीक्षण प्रभावित भएको छ भने वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को अन्तिम परीक्षा पनि प्रभावित हुने देखिएको छ ।

    Advertisement

    यही सन्दर्भमा बोर्डले अपिल जारी गर्दै परीक्षाको उत्तरपुस्तिका परीक्षणमा हुने ढिलाइले विद्यार्थीले नतिजा प्राप्ति पछि पाउने अवसरमा प्रत्यक्ष असर पार्नेतर्फ सचेत गराएको छ ।

    Advertisement

    ‘एसईई दिइसकेका विद्यार्थी समयभित्र नतिजा प्राप्तिको पर्खाइमा छन् । विद्यार्थीको नतिजा प्रकाशनमा एकदिन मात्रको ढिलाइले उनीहरूको जीवनको महत्त्वपूर्ण अवसर गुम्न सक्छ । उत्तरपुस्तिका परीक्षण जस्ता कार्य विज्ञ शिक्षकबाहेक अरूबाट हुन सक्दैन । यसका लागि राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरूकै सल्लाह र सुझावमा नतिजा प्रकाशनको कार्यतालिकासहित कार्ययोजना बनाइ काम सुरु भइरहेको छ,’ बोर्डले भनेको छ, ‘कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुँदैछ । कक्षा १२ का विद्यार्थीहरू उत्सुकताका साथ परीक्षाको पर्खाइमा छन् । उत्तरपुस्तिका परीक्षण तथा परीक्षा सञ्चालन व्यवस्थापनमा शिक्षकहरूकै अहम् भूमिका रहन्छ । परीक्षाको उत्तरपुस्तिका परीक्षणमा हुने ढिलाइले विद्यार्थीले नतिजा प्राप्ति पछि पाउने अवसरमा प्रत्यक्ष असर पार्ने संवेदनशील पक्षमा प्रवुद्ध शिक्षकवर्ग जानकार नै हुनुहुन्छ ।’

    शिक्षकको हक अधिकार सुनिश्चित हुने विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिन भन्दै नेपाल शिक्षक महासंघको अगुवाइमा चैत २० देखि शिक्षकहरू काठमाडौँको सडकमा प्रर्दशनरत छन् । २५ गते देखि महासंघले उत्तरपुस्तिका परीक्षणदेखि सम्पूर्ण शैक्षिक गतिविधि रोकेर शैक्षिक हड्ताल घोषणा गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.