• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा गाउँपालिकाका दुई विद्यालय पुरस्कृत


  •    संवाददाता/ बिहिबार, चैत २७, २०८१  

  • उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालयलाई झापा गाउँपालिकाले पुरस्कृत गरेको छ ।

    पुरस्कृत हुनेमा मदरसा इस्लामिया रुहिमारी र कुवाडी देवी माध्यमिक विद्यालय रहेका छन् ।

    Advertisement

    झापा गाउँपालिकाले २०८१ सालको कक्षा ८ को वार्षिक परीक्षाको नतिजाका आधारमा शैक्षिक गुणस्तरमा सुधार गरेका सामुदायिक विद्यालय र त्यसका प्रधानाध्यापकलाई नगदसहित सम्मान गरेको हो । मदरसा इस्लामिया रुहिमारीले सामुदायिकतर्फ झापा गाउँपालिकाभरीका विद्यालयहरुलाई उछिन्दै ८३.३३ प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराई प्रथम स्थान हासिल गरेको हो ।

    Advertisement

    त्यस्तै कुवाडी देवी माध्यमिक विद्यालयले ७३.८० प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको छ । दुवै उत्कृष्ट विद्यालयलाई पालिकाले नगद ५० हजार र प्रधानाध्यापकहरुलाई प्रोत्साहनस्वरुप जनही १० हजारका दरले पुरस्कार प्रदान गरी सम्मान गरेको थियो ।

    अन्य सामुदायिक विद्यालयलाई हेर्दा भानुभक्त आधारभूत विद्यालयले ४८.१४, महेन्द्र माध्यमिक विद्यालयले ४७.५, डिल्लीराज माध्यमिक विद्यालयले २८, रामजानकी आधारभूत विद्यालय २३.०७, त्रिभुवन आधारभूत विद्यालयले २१.६६, जनता माध्यमिक विद्यालयले १८, जनकल्याण माध्यमिक विद्यालयले १५.१५, सिमलवाडी आधारभूत विद्यालयले १३.७९, सरस्वती आधारभूत विद्यालयले ७.१४ र भृकुटी आधारभूत विद्यालयले ७.१४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् ।

    यसैगरी निजी विद्यालयतर्फ वन्डर लाईफ एकाडेमीले ९३.३३, साउथ होराइजन अंग्रेजी विद्यालयले ९२.५९, सेन्ट जेभियर्स सडकवारी स्कुलले ८६.६६, गौतम वुद्ध अंग्रेजी सेकेन्डरी स्कुलले ८०, चन्द्रज्योति अंग्रेजी सेकेन्डरी स्कुलले ७७.७७, जय पाथीभरा अंग्रेजी स्कुलले ७१.६०, टाईनी टट्स सेकेन्डरी स्कुलले ६६.६६ र लोयला स्कुलले ३७.५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् ।

    यो तथ्याङ्कलाई हेर्दा झापा गाउँपालिकाका सामुदायिक विद्यालयहरु निजी विद्यालयको तुलनामा निकै कमजोर छन् । गत वर्षको तुलनामा यस वर्ष सामुदायिक विद्यालयले भने शैक्षिक गुणस्तरमा केही सुधार गरेको देखिन्छ । गत वर्ष केही विद्यालयहरु निल भएका थिए ।

    गत वर्षको नतिजालाई हेरेर पालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि यसै शैक्षिक सत्रदेखि उत्कृष्ट अंक ल्याई उत्तीर्ण गराउने विद्यालय र त्यसका प्रधानाध्यापकलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने नीति बनाएको झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.