सरकारले बोलाएको वार्तामा जाने नजानेबारे शिक्षक महासंघको कोर टिम बसेर निर्णय गर्ने भएको छ ।
मंगलबार आन्दोलनको समीक्षा गर्न बसेको बैठकले वार्तामा जाने/नजाने निर्णय नगरेको हो ।
बुधबार बिहान फेरि छलफल गरेर निर्णय गरिने आन्दोलन परिचालन कमिटीको संयोजक एवं महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् ।
Advertisement
सरकारले आज तेस्रो पटक वार्तामा बोलाएको हो । तर, शिक्षकहरूले सुनिश्चितता खोजेका छन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक २० चैतदेखि काठमाडौँमा छन् । शैक्षिक हड्ताल गरेर शिक्षकहरूले आन्दोलन गरिरहेका छन् ।







