• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दमक नगरले गर्याे नीजि विद्यालयहरुको वर्गीकरण


  •    संवाददाता/ आइतबार, चैत २३, २०८१  

  • झापामा पहिलो पटक दमक नगरपालिकाले नीजि विद्यालयहरुको वर्गीकरण गरेको छ ।

    विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि २०८० अनुसार नीजि विद्यालयहरुको वर्गीकरण गरेर सोही अनुसारको शुल्क निर्धारण गरिएको दमक नगर शिक्षा समितिका संयोजक कुवेर भट्टराईले बताए ।

    Advertisement

    लामो समय लगाएर विद्यालयहरुको स्थलगत निरीक्षण र प्रश्नावली अनुसारको जवाफलाई आधार बनाएर वर्गीकरण सकिएको र सार्वजनिक गर्ने तयारी गरिएको उनले जानकारी दिए । विद्यालयहरुलाई पाँच वटा वर्गमा समावेश गरिएको छ । ‘क’ देखि ‘घ’ सम्म गरी चार वटा र एक वटा ग्रेडमा नपरेका विद्यालयहरु छुट्याइएको उनले जनाएका छन् ।

    Advertisement

    ८० भन्दा बढि अङ्क प्राप्त गर्नेलाई पहिलो, ६० देखि ७९ सम्म ‘ख’ वर्ग, ५० भन्दा माथिलाई ‘ग’ वर्ग र त्योभन्दा तललाई ‘घ’ वर्गमा समावेश गरिएको छ । यो झापामा नै पहिलो हो र यसलाई कार्यपालिका बैठकले पनि अनुमोदन गरिसकेको छ, भट्टराईले भने । बालमैत्री संरचनादेखि लिएर विद्यालयसँग जोडिएका सबै पक्षलाई आधार बनाइएको उनले उल्लेख गरेका छन् ।

    यसैबिच पहिलो पटक विद्यालय वर्गीकरण भएर आधिकारीक रुपमा नगरपालिका सार्वजनिक नगरी सामाजिक सञ्जालमा विद्यालय वर्गीकरण भएको भनेर त्यसको लिस्ट सार्वजनिक भएपछि विवाद पनि उत्पन्न भएको छ । कम अङ्क ल्याउनेलाई ‘ख’ र त्योभन्दा बढि अङ्क ल्याउनेलाई ‘ग’ वर्गमा राखिएको भन्दै विवाद भएको हो ।

    ५५.५ अङ्क प्राप्त गर्ने स्कुल ‘ख’ वर्ग र ५८.२५ अङ्क प्राप्त गर्ने स्कुल ‘ग’ वर्गमा राखेको लिस्ट सार्वजनिक भएको नीजि विद्यालय सञ्चालक प्रविण चाम्लिङले बताए । यो चित्त बुझ्दो भएन, उनको भनाइ छ । विद्यालय वर्गीकरण हुनु राम्रो भएको बताउँदै वर्गीकरण पारदर्शी नभएको आङ्शका भएको उनको दाबी छ ।

    नगर शिक्षा समिति संयोजक भट्टराईले आधिकारीक रुपमा वर्गीकरणको नतिजा सार्वजनिक नभएको अवस्थामा अङ्कसहित विवरण सार्वजनिक भएको विषयलाई गम्भीर रुपमा लिएको बताए । निर्णय हुनु अगावैको कच्चा प्रतिवेदन बाहिर आफुले पनि देखेको जनाउदै यस विषयमा छानविन गरिने उनले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.