शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस निकालेका छन् ।
केही दिनयता काठमाडौँ केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज माइतीघरमा सिटी जुलुस निकालेका हुन् । उनीहरूले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म सिटी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।
Advertisement







