बुद्धशान्ति । बुधबारे जेसीजको आठौं पद हस्तान्तरण शनिबार सम्पन्न भएको छ ।
बुद्धशान्ती १ बुधबारेमा एक कार्यक्रमका विच भएको पद हस्तान्तरण कार्यक्रममा बुद्धशान्तिका बर्ष उत्कृष्ट ब्याक्तित्व हरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा बर्ष उत्कृष्ट पत्रकारका रूपमा पुर्वेली साप्ताहिकका सह – सम्पादक, पालिका सन्देश न्युज पोर्टलका सम्पादक साथै बुद्धशान्ती प्रेस क्लबका सदस्य तीर्थ तिम्सिना, लाई कलमका माध्यमबाट महत्वपूर्ण भुमिका खेलेको, बर्ष उत्कृष्ट जेसिमा जेसि बिनोद रिजाल, बुधबारे जेसीजलाई जग्गा दिने जग्गादाता ज्ञानेन्द्र घिमिरे र कोरोना कहरमा महत्त्वपूर्ण भुमिका खेल्ने एम्बुलेन्स चालक रविन खतिवडालाई सम्मान गरिएको थियो ।
उहाहरुलाई अध्यक्ष नन्दु राई, प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेल लगायतले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो।
बुधबारे जेसीज बर्ष २०२० का अध्यक्ष जेसि नन्दु कुमार यफ्फु राईको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्य तथा उपाध्यक्ष मीरा भुर्तेल, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष रजनी थापा र बिमला सुबेदीको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको खेलकुद संयोजक जेसि आयुष निरौलाले जानकारी दिनुभयो ।
बर्ष २०२१ को लागि जेसी अनिल वाग्लेले नयाँ कार्यसमितिलाई सपथ गराउनु भएको थियो । उहाँले महासचिवमा सुजित बराल, कोषाध्यक्षमा मुकेश भट्टराई र कानुनी सल्लाहकारमा गजुहाङ योङ्याहाङ लगायत ३१जनालाई मनोनित गर्नुभयो । वहाँले बर्ष २०२१ लाई उत्कृष्ट कार्यकाल बनाउने उदघोष गर्नुभयो ।
अध्यक्ष वाग्लेले सबै निर्बाचित र मनोनित सबैलाई जिम्मेवार प्रदान गर्दै नमुना बर्ष बनाउने बताउदै बर्ष २०२० का अध्यक्षको पहलमा प्राप्त जमिनमा आफ्नो कार्यकालमा जेसीज भवन बनाएरै छाडने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
Advertisement







