• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा गाउँपालिकाका ३९५ जना विद्यार्थीलाई छात्रवृत्ति


  •    संवाददाता/ शनिबार, चैत २२, २०८१  

  • झापाको झापा गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्यनरत ३९५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

    पालिकाको सभहलमा आयोजना गरिएको छात्रवृत्ति वितरण कार्यक्रममा डिल्लीराज मावि, जनकल्याण मावि र जनता माविमा कक्षा ११ र १२ मा अध्यनरत ३९५ छात्रछात्रालाई करिब ४३ लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको शिक्षा समिति अध्यक्ष एवं कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिइन् ।

    Advertisement

    झापा गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यन गर्ने विद्यार्थीलाई उच्च शिक्षाबाट बन्चित हुनु नपरोस भन्ने निर्वाचित पालिका अध्यक्ष जयनारायण शाहले अगाडि बढाएको नीति तथा कार्यक्रम अनुसार छात्रवृत्ति, साइकल वितरण जस्ता महत्त्वपूर्ण कार्यक्रमलाई निरंतरता दिदै अगाडि बढेको थपलियाको भनाई छ ।

    Advertisement

    झापा गाउँपालिक भित्र ११/१२ सञ्चालित ३ वटा विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले बताए । थपलियाका अनुसार कक्षा ११ मा अध्यनरन विद्यार्थीले जनही ९ हजार २ सय ५० रुपैयाँ, कक्षा १२ मा अध्यनरत विद्यार्थीले जनही ११ हजार २ सय रुपैयाँ र प्राविधिक धार (बाली बिज्ञान)मा ११/१२ मा अध्यनरत विद्यार्थीलाई जनही १२ हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

    शिक्षा शाखा प्रमुख जीवन ढकालले दिएको जानकारी अनुसार शुक्रबार छात्रवृत्ति प्रदान डिल्ली राज माविका ५७ जना कक्षा ११ र १३६ जना कक्षा १२ का विद्यार्थी रहेका थिए ।

    त्यसैगरी जनता माविका प्राविधिक धारतर्फ कक्षा ११ का १० र कक्षा १२ का ९ विद्यार्थी थिए भने साधारण तर्फ कक्षा ११ का ४५ विद्यार्थी र कक्षा १२ का १०६ विद्यार्थी रहेका थिए ।

    त्यस्तै ढकालका अनुसार जनकल्याण माविमा अध्यनरत कक्षा १२ का ३२ विद्यार्थीलाई समेत पालिकाले नीति तथा कार्यक्रम मार्फत छुट्टाएको रकमबाट छात्रवृत्ति प्रदान गरिएको हो ।

    छात्रवृत्ति प्रदान कार्यक्रममा वडाध्यक्ष राजकुमार यादव, शखी चन्द्र ठाकुर, गाउँ शिक्षा समिति सदस्य सुन्दरलाल गणेश, नेपाल शिक्षक महासंघ झापा गाउँपालिका अध्यक्ष जगन्नाथ राजवन्सी, सचिव टीकाप्रसाद कट्टेल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीको बाक्लो उपस्थित रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.