• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रवि लामिछाने निवासबाटै पक्राउ, किन भयो विवाद?


  •    संवाददाता/ शनिबार, चैत २२, २०८१  

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

    काठमाडौँको हात्तिगौडास्थित निवासबाटै शुक्रबार राति प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।

    Advertisement

    उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यका अनुसार लामिछानेलाई प्रक्रियागत रूपमा अदालत बुझाउने छ । ‘अदालतको फैसलाबमोजिम उहाँ (रवि लामिछाने)लाई पक्राउ गरेका छौं । रुपन्देहीको मुद्दा भएकाले त्यहाँको अदालतमा उपस्थित गराउनेगरी भैरहवा लैजान्छौं,’ उनले भने ।

    Advertisement

    उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फैसलालाई उल्टाउँदै थुनामा पठाउने आदेश दिएपछि उनी पक्राउ परेका हुन् । पक्राउ पर्नुअघि सभापति लामिछानेले आफू गिरफ्तारी दिन तयार रहेको बताएका थिए ।

    पक्राउ गर्नुअघि किन भयो विवाद?

    सभापति लामिछानेलाई समात्न पौने ९ बजे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँको संयुक्त टोली हात्तीगौंडास्थित सिजी हिल्समा रहेको लामिछाने निवास पुगेको थियो ।

    प्रहरी टोली पुग्दा लामिछाने आफ्नो कोठामा बसिरहेका थिए । उनलाई थुनामा पठाउने आदेश आएको थाहा पाएलगत्तै रास्वपाका नेता कार्यकर्ता पनि त्यहाँ पुगिसकेका थिए । लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्ट, डीएसपी अनिल घिमिरे लगायतले लामिछानेलाई अदालतको आदेश कार्यान्वयनका लागि भन्दै आफूहरूसँगै जान भनेका थिए ।

    तर, उनले औपचारिक कागजात माग्न खोजे । प्रहरी त्यसबेला उच्च अदालत बुटवल इजलासले दिएको आदेशको प्रतिलिपि मात्र बोकेर त्यहाँ पुगेका थिए । प्रहरी अधिकारीहरुले त्यही प्रतिलिपिमा हस्ताक्षर गरेर लामिछानेलाई हिंड्न भनेका थिए । तर, रास्वपा नेताहरु र लामिछानेले पक्राउ पूर्जी दिनुपर्ने भन्दै अडान लिए ।

    लामिछानेको कोठामा रहेका अन्य रास्वपा नेता तथा सहयोगीहरुले प्रहरीलाई ‘तयारी गरेर आउनु पर्दैन ?’ भन्दै प्रश्न गर्न थाले । त्यसपछि केही बेर प्रहरी र लामिछानेबीच सवाल जवाफ समेत भयो ।

    लामिछानेले आफ्नो हकमा प्रहरीलाई कुनै तयारी गर्नु नपर्ने भन्दै कटाक्ष गरे, ‘…मलाई आउने लाने, थुन्ने हो… । दुई तिहाइको सरकार हो ।’

    वादविवाद हुन थालेपछि प्रहरीले जरुरी पक्राउ पूर्जीको पाना मगायो । प्रहरीले त्यहीँ जरुरी पक्राउ पूर्जी तयार गर्न थालेपछि एक जना नेताले ‘गृहमन्त्री जस्तो पदमा बसेको पार्टीको सभापति भएको पदमा भएकालाई यहाँ बसेर पत्र बसेर दिने हो ?’ भन्दै प्रश्न गरे । लामिछाने पनि केही बेखुश सुनिँदै प्रहरीलाई ‘लेख्नुस्, लेख्नुस्’ भन्न थालेका थिए ।

    पक्राउ पूर्जी तयार हुँदा साढे ९ भइसकेको थियो । त्यसमा हस्ताक्षर गरेर लामिछाने प्रहरीसँग निस्किन राजी भए । यसपछि प्रहरी टोलीले लामिछानेलाई बा २१ च २१०७ को गाडीमा राखेर प्रहरीले भद्रकाली पुर्‍याएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.