झापा । झापाको शिवसताक्षीमा सवारी दुर्घटनामा परीमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ निवासी ३८ वर्षीय छबिरमण ढकाल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार शनिवार राति साढे ८ बजेतिर दमकबाट मोटरसाइकल सवार ढकाल पूर्वतर्फ आउँदै गरेका उनलाई अन्य सवारीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीका अनुसार शिवसताक्षी नगरपालिकाको वडा नम्बर १ स्थित धरमपुर कमल खोला सडक खण्डमा उक्त दुर्घटना भएको हो ।
उनले चलाएको मोटर साइकललाई ठक्कर दिने सवारी साधनको पहिचान भएको छैन । उनको शव अस्पतालमा लगिएको छ ।
Advertisement







