नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ८० हजार रुपैयाँ नाघेको छ । यो हालसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मङ्गलबार सुन तोलामा १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड बनाएको थियो ।
Advertisement
आज चाँदीको भाउ भने घटेको छ । तोलमा २५ रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।







