• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

तीनकुने घटना: पक्राउ परेकालाई मंगलबारसम्म थुन्ने अनुमति, स्वागत नेपाल छुटे


  •    संवाददाता/ आइतबार, चैत १६, २०८१  

  • जिल्ला अदालत काठमाडौँले तीनकुनेको हिंसात्मक घटनामा संलग्न भएको आरोप लागेका ४२ जनालाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।

    न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनामा संलग्न भएको हुन सक्ने आरोपमा पक्राउ परेकाहरुलाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

    Advertisement

    शुक्रबार पक्राउ परेकाहरूको हकमा ५ दिन र शनिवार पक्राउ परेकाहरुलाई ४ दिन हिरासतमा राख्न अनुमति भएको हो । अनुमतिको अवधि पक्राउ परेको दिनदेखि नै गणना हुनेछ ।

    Advertisement

    जिल्ला सरकारी वकिलको कार्यालयले १० दिन थुनमा राख्न अनुमति मागेकोमा धवलशमशेर जबरा क्यान्सरको बिरामी भनी कागजात पेस भएको थियो भने रवीन्द्र मिश्रको हकमा प्रेसरको बिरामी भई इजलासमा फाइल पेस भएकाले अदालतले ५ दिनको अनुमति मात्रै भएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने घटनामा संलग्न भएको आरोप लागेकाहरूलाई बेलुकी ५ बजेतिर जिल्ला अदालतमा पेस गरेको थियो । अदालतमा गोला छनौटका क्रममा आइतबार न्यायाधीश तारादेवी महर्जनलाई थुनाको अनुमतिसम्बन्धी निवेदन हेर्ने जिम्मेवारी तोकिएको थियो ।

    सामान्यतया: प्रहरीले थुनामा रहेका व्यक्तिलाई इजलासमा पेस गरेपछि फाइल हेरेर थुनाको अनुमति दिने अभ्यास छ । तर आइतबार जबरा र मिश्रलाई अदालतमा पेस गरेपछि उनीहरूका कानुन व्यवसायीहरूले झुटो र राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाउन खोजिएको भन्दै थुनामा राख्न अनुमति दिन नहुने जिकिर गरेका थिए ।

    जिल्ला अदालतले रविन्द्र र जबरालगायत ११ जनालाई राज्यविरुद्धको कसुर गरेको आरोपमा थुनामा राख्ने अनुमति दिएको हो । त्यसक्रममा प्रहरीले उनीहरूमाथि संगठित अपराध गरेको आरोपमा समेत अनुसन्धान गर्ने भनी फाइल पेस गरेको छ । ती बाहेक थप ३१ जनालाई संगठीत रुपमा आपराधिक उपद्रव गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले उनीहरुलाई त्यसक्रममा संगठित अपराध गरेको आरोप समेत आकर्षित हुनेगरी अनुसन्धान भइरहेको भन्दै म्याद थप्न पेस गरेको थियो ।

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख रामहरी शर्मा काफ्लेका अनुसार उनीहरूमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले म्याद थप गरिएको हो । साम्प्रदायिक दंगा र घृणा फैलाउने काम गरेको आरोप आकर्षित हुने भएकाले पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

    प्रहरीले करिब एक सय जनाको हाराहारीमा पक्राउ गरेपछि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । पक्राउ परेका स्वागत नेपाल लगायतहरूलाई भने प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.