झापा । केही दिन अगाडि दुर्घटनामा परि घाइते भएका बिर्तामोड ४ का संजय पासवानको उपचार सहयोगका लागि प्रकाश बुढाथोकीको संयोजकत्वमा समिति गठन गरिएको छ।
टायल मिस्त्रीको काम गर्दै आएका पासवान घर नजिकै साइकल बाट लडेका थिए ।बिर्तामोड ४ मा कोठा भाडामा बस्दै आएका उनी थला परेपछि यतिबेला परिवारको बिचल्ली भएको छ। उनको यो दुःखलाई नजीकबाट नियालेका स्थानीय बिदुर तिवारीले सबै संग सहयोगको याचना गरेका थिए।
स्थानीय सामाजिक ब्यक्तिहरुको उपस्थितिमा ७ सदस्यीय समिति गठन गरि उनको उपचार गर्न स्थानीयहरु जुटेका छन् ।
समितिको सदस्यमा सोही वडाका वडासदस्य गंगा प्रसाईं,बिदुर तिवारी ,कन्चना शिवाकोटी ,संगिता चिमरिया ,सोनु अग्रवाल ,उमा प्रसाईं रहेका छन् ।
यसैबिच , नेपाल महिला चेम्बर बिर्तामोड नगर समितिले १० हजार रुपैया सहयोग गरेको छ।
समितिले पासवानको उपचारका लागि सहयोग गरिदिन संयोजक बुढाथोकीले आग्रह गरेका छन् ।







