गृहमन्त्री रमेश लेखकले दुर्गा प्रसाईंको खोजी जारी रहेको र चाँडै पक्राउ पर्ने बताएका छन् ।
प्रसाईं नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको मागसहित शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
तीनकुने क्षेत्रको अवस्था अवलोकन गर्न शनिबार पुगेका गृहमन्त्री लेखकले प्रसाईंको खोजी भइरहेको बताएका हुन् ।
Advertisement
प्रसाईं शुक्रबार अपराह्न तीनकुने क्षेत्रबाट गाडीमा चढेर गएका थिए । त्यसपछि उनको फोन अफ छ, उनी सम्पर्कविहीन छन् ।







