झापा । लागुऔषधसहित झापाको २ स्थानबाट ६ जना व्यक्ति पक्राउ परेका छन् । मेचीनगर १४ धाईजन र शिवसत्ताक्षि १० बाट ३ ÷३ जना व्यक्तिहरु प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
मेचीनगरबाट पक्राउ पर्नेमा सोहि स्थानका ३० बर्षीय धनवर राजबंशि , भद्रपुर ११ का ३३ बर्षीय हरी राजबंशि र गौरादह ९ का २७ बर्षीय निराजन पौडेल रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ३ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।
यस्तै सप्तरी , सप्तकोशि १ का अमर बराल , बचनकवल ६ का २६ बर्षीय मदन मैनाली र शिवसत्ताक्षि १० का २३ बर्षीय गोपि शर्मालाई ९ ग्राम ब्राउनसुगर सहित प्रहरीले शिवसत्ताक्षिबाट नियन्त्रणमा लिएको छ । पक्राउ परेका सवैमाथी अनुसन्धान भईरहेको जील्ला प्रहरी कार्यालयले जनाएको छ ।
Advertisement








