• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अभिभावककै बेवास्ताले छोराछोरी कुलतमा, न्यूनिकरणका लागि सचेतना जरुरी


  •    संवाददाता/ सोमबार, चैत १०, २०८१  

  • विद्यालय लाग्ने बेलामै तीन छात्र र तीन छात्राले रक्सी खाएपछि बिर्तामोडको एक विद्यालयका शिक्षकहरुलाई पर्नसम्म पीर पर्यो ।

    उनीहरुले मातेका विद्यार्थीलाई अटोमा हालेर विद्यालय लिएर आए । त्यसपछि उनीहरुका अभिभावकलाई खबर गरे । आफ्ना छोराछोरी त्यसरी बिग्रिरहँदा अभिभावकहरुले खासै चिन्ता देखाएनन् । ‘मातेकाले बान्ता गरेका हुन् रक्सीको नशा हटेपछि आफै ठीक हुन्छन्’ अभिभावकहरुले सामान्यरुपमा लिँदै भनेको कुरा एक शिक्षकले सुनाए ।

    Advertisement

    विद्यार्थीहरु कहिले रक्सी खाएर र कहिले लागूऔषध सेवन गरेर आउँदा शिक्षकहरुलाई पढाउन गाह्रो भइरहेको छ । शिक्षकहरुले अभिभावकहरुलाई उनीहरुका छोराछोरी कुलतमा फसेको पटक-पटक जानकारी गराइसकेका छन् । तर, अभिभावकहरुले खासै वास्ता नगर्दा विद्यालयका शिक्षकहरुले मात्र सम्हाल्न सकिरहेका छैनन् । ‘घरमा बाबुआमाले निगरानी गर्दैनन्, हामीहरुले मात्र कति कन्ट्रोल गर्नु?’ उनले भने,‘कुलतबाट जोगाउने पहिलो दायित्व भनेको अभिभावकहरुको हो ।’

    Advertisement

    प्राय: सबै विद्यालयका विद्यार्थीहरु कुलतमा फसेका छन् । लागूऔषधको दुर्व्यसनमा फस्ने बढी विद्यार्थीहरु नै रहेका छन् । लागूऔषध दुर्व्यसनको बिगबिगी भइरहँदा आफूले अभिभावकहरुमा सजगता नपाएको कन्चन इङ्गिलस स्कुल बिर्तामोड-७ का सञ्चालक डिल्लीराम चौलागाँई बताउँछन् ।

    सामुदायिकसँगै संस्थागत विद्यालयका विद्यार्थीहरुमा पनि समस्या देखिएको नगर प्याव्सनका अध्यक्ष सुरेन्द्र खरेलको भनाई छ । उनले आफ्ना छोराछोरी बिग्रिने भए भनेर अभिभावकहरुले चिन्ता गर्ने बेला आइसकेको बताए । लागूऔषधको दुर्व्यसन न्यूनिकरणका लागि सचेतना कार्यक्रम जरुरी भएकोमा नगर अध्यक्ष खरेलले जोड दिए ।

    पछिल्लो समय किशोर किशोरीहरु लागूऔषधको दलदलमा फस्दै गएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्ट बताउँछन् । उनले बिर्तामोडमा लागूऔषधको दुर्व्यसन अचाक्ली बढेको बताउँदै त्यसको नियन्त्रणका लागि प्रहरी प्रशासन, स्थानीय सरकार, अभिभावक, शिक्षकलगायत सबैजना लाग्न जरुरी भएकोमा जोड दिएका छन् । प्रतिदिन दैनिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.