सामाजिक व्यक्तित्व झापा अर्जुनधारा-५ का राजु गिरीले विद्यार्थीसँग आफ्नो जन्मोत्सव मनाएका छन् ।
गिरीले जन्मदिनमा गरिने फजुल खर्च कटाएर अर्जुनधारा-५ स्थित बागेडाँगीको समावेशी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर जन्मदिन मनाएका हुन् ।
सहारा नेपालका लेखा अधिकृतसमेत रहेका गिरीले समावेशी प्राविमा अध्ययनरत सवै विद्यार्थीलाई विद्यालयको पोशाक वितरण गरेर जन्मदिन मनाएका छन् । आइतवार परेको राजु गिरीको जन्मदिनको अवसर पारेर उनकी श्रीमती मिना गिरीसहित गिरी दम्पतीले उक्त विद्यालयमा पुगेर विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् ।
गिरीले प्रत्येक बर्ष आफ्नो, श्रीमती र छोराछोरीको जन्मदिन तथा आफ्नो बैवाहिक बर्षगाठको अवसरमा दीनदु:खीलाई ह्वील चियर, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण लगायतका गरेर मनाउदै आएका छन् ।
स्थानीय जेष्ठ नागरिक तोयानाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गिरीले सबैले फजुल खर्च गरेर मनाउने जन्मदिनको साटो दीनदु:खीको सहयोग गरेर मनाउन आग्रह गरेका छन् ।
पोशाक वितरण कार्यक्रमको सहजीकरण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकनाथ अधिकारी (महेन्द्र) ले गरेका थिए ।







