झापाको दमकमा अवस्थित इसीडीसी स्कुलमा विवाद भएको छ ।
दमक नगरपालिका वडा नं.३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा रहेको इसीडीसी बोर्डिङ स्कुलमा विद्यालयका प्रधानाध्यापक मनिहाङ सुब्बा र लेखापाल दावा तामाङलाई विद्यालय व्यवस्थापन समितिको निर्णयले चैत ४ गते अवकाश दिइएको थियो । सोही विषयलाई लिएर चैत ५ गते सोही विद्यालयका सम्पूर्ण शिक्षकहरुले सामूहिक राजीनामा दिएका थिए ।
राजीनामापछि विद्यार्थीहरुको पढाइमा बाधा पुगेको भन्दै अभिभावकहरुले विवाद गरेका हुन् । बिहीबार दिउँसो अन्दाजी १२:४५ बजे स्थानीय अभिभावकहरु भेला भई पुराना सम्पूर्ण शिक्षकहरुलाई पुन: नियुक्ति गर्नु पर्ने माग राखी नाराबाजी गरेका थिए ।
इलाका प्रहरी कार्यालय दमकबाट सात जना र सशस्त्र प्रहरी बल बेलडाँगीबाट ९ जनाको टोली खटिएर शिविर व्यवस्थापन समितिका सचिव संचहाङ सुब्बालाई बोलाई छलफल गरिएको प्रहरीले जनाएको छ । प्रतिदिनबाट







