झापाको मेचीनगर नगरपालिकाले ६ जना युवालाई सम्मान गरेको छ ।
नगरपालिकाले २०८० सालको एसइई पूरक परीक्षामा संलग्न विद्यार्थीहरुलाई लक्षित गरेर नि:शुल्क तयारी कक्षा सञ्चालन गर्ने मेचीनगरका युवालाई बिहीबार कामको कदर गर्दै सम्मान गरेको हो ।
मेचीनगरका विपन्न बालबालिकालाई लक्षित गरी नि:शुल्क ट्युसन कक्षा सञ्चालन गरेर विद्यार्थीको भविष्यलाई उज्जवल बनाउ उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले रोमन बिक्रम कार्की, आभिष्कार नेपाल, आशिष शिवा, युवराज सिग्देल, बिबेक गौतम र थेसिस रुचाललाई कदर पत्र प्रदान गरेको छ ।
नगरपालिकामा आयोजित एक कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, नगर उपप्रमुख मीना पोख्रेल उप्रेती, वडा नम्बर ५ का वडाध्यक्ष कनकबहादुर कार्की, कार्यपालिका सदस्य चित्रकुमार धिमाल लगायतले संयुक्तरुपमा कदर पत्र प्रदान गरेका थिए ।
कक्षाहरु मेचीनगर-२ स्थित ओसिनिक निर्माण बोर्डिङ्ग स्कुल, मेचीनगर-२ स्थित भानु माध्यमिक विद्यालय, मेचीनगर-३ स्थित मेची जनसाधारण माध्यमिक विद्यालय र मेचीनगर-४ स्थित सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो ।
मेचीनगर नगरपालिको वडा नं.१,२,३ र ४ अर्थत साविकको बाहुनडाँगीगीका सरकारी र संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गरेर नि:शुल्क कक्षा सञ्चालन गरिएको थियो । अतिरिक्त कक्षामा सहभागी विद्यार्थीले उत्कृष्ट जिपीए ल्याएर उत्तीर्ण भएसँगै अभियानले सार्थकता पाएको थियो ।







