झापाको बिर्तामोडमा अवस्थित इन्द्रचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका श्रीजित ढुंगाना निर्वाचित भएका छन् ।
सभापतिका उम्मेदवार ढुंगाना ३४० मत प्राप्त गर्दै विजयी भएका हुन् भने अनेरास्ववियुबाट सभापतिका उम्मेदवार आकाश थापाले १९७ र अखिल क्रान्तिकारी र राप्रबिस गठबन्धनका प्रज्वल कडरियाले १०९ मत प्राप्त गरेका थिए ।
त्यस्तै सचिवमा नेविसंघका पवन अधिकारी २६१ मतसहित विजयी हुँदा अनेरास्ववियूका शितल खनालले २५२ मत र अखिल क्रान्तिकारी र राप्रविस गठबन्धनका सन्जु विशंखेले १२७ मत ल्याएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा नेविसंघकी एरिना थापा २५६ मतसहित निर्वाचित हुँदा अखिल क्रान्तिकारी र राप्रविस गठबन्धनका मचिन्द्र राईले १७१ र अनेरास्ववियूकी प्रबिना वाग्लेले १९८ मत प्राप्त गरेका छन् ।
त्यस्तै सदस्यहरुमा प्रशान्त पौडेल, युगल गौतम, यज्ञराज सुवेदी, राहुल राजवंशी, आस्था पौड्याल, निशान अधिकारी र दिपक दाहाल निर्वाचित भएका छन् ।







