झापाको मेचीनगर-१३ चारआलीमा अवस्थित त्रिदेव बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को प्यानल नै विजयी भएको छ ।
निर्वाचनको अन्तिम परिणामअनुसार सभापतिमा ईश्वर रिजाल, सचिवमा दावा तामाङ र कोषाध्यक्ष विश्वास आचार्य निर्वाचित भएका छन् ।
त्यस्तै अन्य विजयी सदस्यहरूमा सोनीका श्रेष्ठ, जनक अधिकारी, करुणा पोख्रेल, बिनिता कटुवाल र विजय श्रेष्ठ रहेका छन् ।
Advertisement
नव-निर्वाचित नेतृत्वले विद्यार्थी हकहितको रक्षा गर्दै शैक्षिक सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।







