झापाको बिर्तामोड-९ स्थित गरामनी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा राप्रविसंघका उम्मेद्वार केशव खरेल सभापतिमा निर्वाचित भएका छन् ।
राप्रविसंघको तर्फबाट सभापतिमा उम्मेदवार बनेका खरेलले २३ मत प्राप्त गरेका छन् । ४० जना मतदाता रहेको क्याम्पसमा ३७ जनाले मतदान गरेका थिए ।
यस्तै नेविसंघको तर्फबाट सभापति पदका उम्मेदवारलाई ८ र अनेरास्ववियुका उम्मेदवारलाई ६ मत प्राप्त भएको छ । सचिवमा रा.प्र.वि.स.का सन्दिप अधिकारी २१ मत र कोषाध्यक्षमा रामकृष्ण पौडेल १९ मतका साथ विजयी भएका छन् ।
Advertisement
त्यस्तै अन्य सदस्यमा पनि रा.प्र.वि.सका सदस्य विजयी भएका छन् भने अनेरास्ववियुबाट रमिला बुढाथोकी सदस्य पदमा विजयी भएकी छन् । नेविसंघका दुई जना सदस्यहरुबीच मत बराबर भएको छ । दुईमध्ये एक जनालाई सदस्य तोक्ने बुझिएको छ ।







