• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लक्ष्मीनारायण माविमा छात्रवृत्ति वितरणसहित अन्तरविद्यालय स्तरीय वक्तृत्वकला


  •    संवाददाता/ सोमबार, फागुन २६, २०८१  

  • झापाको शिवसताक्षी नगरपालिका-१ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण तथा अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

    विद्यालयमा आइतबार आयोजित विशेष समारोहका बीच स्वर्गीय नरबहादुर थापा र तारादेवी थापाको स्मृतिमा स्थापित अक्षय कोषबाट कक्षा १२ मा उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

    Advertisement

    २०८० सालको माध्यमिक तहको अन्तिम परीक्षामा सर्वाधिक जिपिए हासिल गर्ने सुवर्णा लिम्बु र सन्देश आचार्यलाई जनही ५ हजार र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र लम्झेलले जानकारी दिए ।

    Advertisement

    त्यसैगरी विद्यालयका पूर्व सहायक प्रधानाध्यापक माधवप्रसाद भण्डारीद्वारा स्थापित अक्षय कोषबाट कक्षा ८ मा उत्कृष्ट अंक प्राप्त गर्ने सिकम चेम्जोङ र सहारा खड्कालाई जनही ५ हजार नगद प्रदान गरिएको थियो । सोही कोषबाट कक्षा १२ का सुवर्ण लिम्बु र सन्देश आचार्यलाई पुन: छात्रवृत्ति प्रदान गरिएकोे विद्यालय प्रशासनले जनाएको छ । पुर्व सहायक प्रधानाध्यापक भण्डारीद्वारा स्थापित पुरस्कार कक्षा ८ र १२ का विद्यार्थीले पाउने व्यवस्था छ ।

    विद्यालयको लेखा तथा सुपरिवेक्षण शाखाका अनुसार २०७८ सालमा स्थापना भएको स्वर्गीय नरबहादुर थापा र तारादेवी थापाको स्मृतिमा स्थापित अक्षय कोषमा हाल ५ लाख रुपैयाँ सञ्चित रहेको छ भने माधवप्रसाद भण्डारीद्वारा स्थापित कोषमा ३ लाख रुपैयाँ रहेको छ ।

    छात्रवृत्ति वितरण समारोहमा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा (रोशन), अक्षय कोष सञ्चालन समितिका अम्बरबहादुर थापा, माधवप्रसाद भण्डारी, विद्यालयका प्रधानाध्यापक खगेन्द्र लम्जेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर खवासलगायतको उपस्थिति रहेको थियो ।

    नगरप्रमुख थोप्राले सामुदायिक विद्यालयमा विभिन्न क्षेत्रका समाजसेवीहरूले स्थापना गरेका अक्षय कोषहरू विद्यार्थीको शैक्षिक प्रोत्साहनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताए ।

    सोही अवसरमा अन्तर-माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको छ । प्रतियोगितामा शिवसताक्षी नगरपालिकाका विभिन्न वडामा रहेका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

    प्रतियोगितामा ‘युवा तथा बौद्धिक व्यक्तित्व विदेश पलायन हुनु रहर कि बाध्यता’ विषयमा विद्यार्थीहरूले आफ्नो वाककौशल प्रस्तुत गरेका थिए । अधिकांश विद्यार्थीहरूले नेपालमा बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरता, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको अभाव, साथै राज्यसत्ताको असक्षमताका कारण नेपाली युवाहरू विदेश जान बाध्य भएको तर्क प्रस्तुत गरेका थिए ।

    प्रतियोगितामा भानु माध्यमिक विद्यालय शिवसताक्षी-७ लालझोडाकी कञ्चन काफ्ले प्रथम भइन् भने भानु माध्यमिक विद्यालय, शिवसताक्षी-३ पाराबारीका प्रविण आचार्य द्वितीय, भगवती माध्यमिक विद्यालय शिवसताक्षी-७ बैंङडाँडाकी प्रेसिका खनाल तृतीय तथा मोती माध्यमिक विद्यालय, शिवसताक्षी-२ मङ्गलबारेका अंशु चौलागाईं सान्त्वना स्थानमा रहन सफल भएका छन् ।

    विजयी विद्यार्थीहरूलाई नगरप्रमुख मेगाहाङ थोप्राले क्रमश: ८ हजार, ६ हजार, ४ हजार र २ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेका थिए ।

    व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर खवासको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षा क्षेत्रमा सरोकार राख्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

    प्रधानाध्यापक खगेन्द्र लम्झेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक प्रकाश सुवेदीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.