• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पुस्तक छाप्ने छैन रकम, विद्यार्थीको भविष्यमाथि खेलवाड


  •    संवाददाता/ शुक्रबार, फागुन २३, २०८१  

  • मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ करोड ५९ लाख ९८ हजार ५८८ रुपैयाँ शिक्षा क्षेत्रमा बजेट विनियोजन गरेको छ । तर उक्त बजेटमा नगरस्तरीय पुस्तक ‘हाम्रो मेचीनगर’ प्रकाशनका लागि कुनै शीर्षक नराखिएको पाइएको छ ।

    शिक्षा क्षेत्रमा २३ वटा शिर्षकमा करोडौं बजेट विनियोजन गरेको नगरले आफैंले अनिवार्य गरेको “हाम्रो मेचीनगर” पुस्तक छपाइका लागि भने बजेट विनियोजनमा गम्भीर लापरबाही गरेको पाइएको छ ।

    Advertisement

    स्थानीय शैक्षिक संस्थाहरू र पुस्तक प्रकाशनमा संलग्न व्यक्तिहरूले नगरपालिकासँग पटक-पटक अनुरोध र छलफल गरे पनि यो विषय बजेटमा समेटिएको छैन । नगरमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय पाठ्यक्रम, इतिहास, कला, संस्कृति र अनुसन्धानमूलक विषयमा जानकारी दिने उद्देश्यले नगरपालिकाले अनिवार्य गरेको “हाम्रो मेचीनगर” पुस्तकको चरम अभाव रहेको शिक्षकहरू बताउँछन् ।

    Advertisement

    मेचीनगरका एक शिक्षकले भने, “स्थानीय इतिहास, संस्कृति र महत्वपूर्ण शैक्षिक सामग्री संकलन गरेर पुस्तक प्रकाशन गर्ने कुरा विगतदेखि उठ्दै आएको र नगरले आफैं अनिवार्य गरेको पुस्तक छपाईका लागि बजेटमा समावेश नहुनु दु:खद छ ।”

    शिक्षा विज्ञहरूका अनुसार स्थानीय पुस्तक प्रकाशनको अभावले विद्यार्थीहरूलाई मेचीनगरको मौलिक ज्ञान र इतिहास सिक्न गाह्रो पर्न सक्छ । नगरपालिका भित्र पुस्तकालयहरूलाई समृद्ध बनाउने योजनासमेत बजेटमा उल्लेख नगरिएको स्थानीय अभिभावकहरू गुनासो गर्छन् ।

    यस विषयमा मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीसँग हामीले ६ महिना अगावै सम्पर्क र खबरदारी समेत गरेका थियौँ । त्यसबखत उनले भने, ‘हामीले प्राथमिकतालाई ध्यानमा राखेर बजेट विनियोजन गरेका हौँ यो वर्ष सबैलाई पुग्नेगरी पुस्तक छपाउन सकिएन, आगामी वर्ष समयमै विद्यार्थीका हातमा पुस्तक पुग्नेछ ।”

    शिक्षा क्षेत्रमा यति ठूलो बजेट छुट्याउँदा पनि पुस्तक प्रकाशनका लागि रकम नछुट्याइनु गम्भीर लापरबाही भएको भन्दै नागरिक तहबाट आलोचना हुन थालेको छ । विद्यार्थीहरुको भविष्यमाथि स्थानीय सरकारले नै गम्भीर खेलबाड गरेको अभिभावकहरुको गुनासो छ । वार्षिक परिक्षाको तालिका सार्वजनिक भइसक्दा पनि पुस्तक नपाएका विद्यार्थीहरु भने कसरी परिक्षा दिने भन्ने अन्योलमा छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.