• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गौरीशंकर माविले विविध कार्यक्रम गर्दै मनायो ६६ औं वार्षिकोत्सव


  •    संवाददाता/ मङ्गलबार, फागुन २०, २०८१  

  • झापाको बाह्रदशी-७ मा अवस्थित गौरीशंकर माध्यमिक विद्यालयले ६६ औं वार्षिकोत्सव मनाएको छ ।

    कोशी प्रदेश सभा सदस्य छविलाल चुडालको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रबहादुर राईको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच विद्यालयले वार्षिकोत्सव मनाएको हो ।

    Advertisement

    विद्यालयले वार्षिकोत्सवको अवसर पारेर ज्येष्ठ अभिभावक, अभिभावक र उत्कृष्ठ शिक्षकलाई सम्मान गरेको छ भने विद्यार्थीलाई विभिन्न विधामा पुरस्कृत गरेको हो । ज्येष्ठ अभिभावका रुपमा हिरा कुमारी राजवंशी र दिलबहादुर कार्कीलाई सम्मान गरेको हो ।

    Advertisement

    त्यस्तै अभिभावक तर्फ मीना आचार्य, विमला राजवंशी, पूजा मुर्मू र दिपा उप्रेतीलाई सम्मान गरेको थियो भने शिक्षक तर्फ नेत्र प्रसाद पौडेल र हेम सागर कट्वाललाई सम्मान गरिएको छ ।

    अनुशासित विद्यार्थीका रुपमा लोकराज राजवंशी, रोजिना राजवंशी, सरसफाईतर्फ हेमन्त पण्डित, सुशीला हेमरमलाई पुरस्कृत गरिएको थियो । नियमित विद्यालय आउने विद्यार्थीका रुपमा आदित्य पौडेललाई पुरस्कृत गरिएको छ ।

    उक्त अवसरमा उत्कृष्ठ अंक ल्याउने हेमन्त पण्डित, पूजा पण्डितलाई पुरस्कृत गरिएको थियो भने एसईईमा उत्कृष्ठ अंक ल्याउने टेकनाथ सोरेन, सेविका निरौलालाई पुरस्कृत गरिएको थियो ।

    कक्षा १२ मा उत्कृष्ठ अंक ल्याउने इश्वर मुर्मू र वनिता कार्कीलाई पुरस्कृत गरिएको कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुतिसहित मार्च पस समेत गरेका थिए ।

    विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले विद्यालयको शैक्षिक गतिविधिका विषयमा प्रकाश पारेको कार्यक्रममा बाह्रदशी गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष रत्नाकुमारी राजवंशी, बाह्रदशी गाउँपालिका वडा नं.७ का वडाध्यक्ष मित्रराज भट्टराई, बाह्रदशी गाउँपालिका पूर्व शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

    सहायक प्रधानाध्यापक हेम राजवंशीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लोचनकुमार गुरागाईले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.