झापाका तीनवटा पालिकामा रहेका मन्टेश्वरीहरुले वार्षिक रुपमा मनाउँदै आएको सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् ।
मन्टेश्वरी एसोसिएसन अफ झापाको आयोजनामा बिर्तामोड-२ चारपाने स्थित पर्शुराम पार्टी प्यालेसमा ९ वटा मन्टेश्वरीको सहभागीतामा शनिबार वार्षिक सांस्कृतिक कार्यक्रम गरिएको हो ।
मन्टेश्वरी एसोसिएसन अफ झापाकी ज्येष्ठ सदस्य सुधा थापाको सभापतित्वमा भएको कार्यक्रमको बिर्तामोड नगरपालिका शिक्षा शाखा अधिकृत जानुका रेग्मीले उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा मन्टेश्वरी एसोसिएसन अफ झापाका अध्यक्ष अखिल कुमार कोइराला, सचिव गोपाल संग्रौला, कोषाध्यक्ष मुना पोखरेल, सदस्य मुना केसी, उमा प्रधान, रितु थापा मगर लगायत सहभागी रहेका थिए ।
एसोसिएसन झापाका उपाध्यक्ष अमर सुब्बाले औचित्यसहित स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गोपालप्रसाद संग्रौला र सपना कटुवालले संयुक्त रुपमा गरेका थिए ।







