झापा । नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशको अध्यक्षमा भद्रपुरका उद्योगी टिकाराज ढकाल चयन हुनुभएको छ ।
झापाको बितामोडमा जारी तेस्रो साधारणसभाले ढकाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । उद्योगी ढकाल झापा उद्योग संघको पनि अध्यक्ष हुनुहुन्छ ।
जिल्ला नगर उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्य पदमा पनि सहमतिको प्रयास भइरहेको छ । महासंघमा ३५ जिल्ला नगर, १३ वस्तुगत र १२७ एसोसिएट सदस्य छन् ।
Advertisement







