झापाको बिर्तामोडमा अवस्थित निदी माध्यमिक विद्यालय तथा ईन्द्रेणी क्याम्पसको १० औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला रहेका थिए ।
उक्त अवसरमा कक्षा ११ माथिका विद्यार्थीहरुले गीत, नृत्य सहितका सांस्कृतिक प्रस्तुति दिएका थिए ।
यसरी सम्मानित हुनेहरुमा डिल्लीराम मैनाली, टहलबहादुर राजवंशी, मुनेश्वर साह, विक्रम शाह, इन्दिरा न्यौपाने, धनबहादुर थापा, प्रमेबहादुर तामाङ, शम्भु शर्मा, कृष्णप्रसाद भट्टराई, लोकबहादुर श्रेष्ठ, जनकबहादुर राजवंशी, किशोर बजगाईं, दिवाकर उप्रेती, देवीप्रसाद गौतम, विक्रम बोहोरा, आशा खनाल र संस्थापक क्याम्पस प्रमुख निर्मलकुमार पाण्डे रहेका छन् ।
संस्थापक प्रिन्सिपल रञ्जित शाहले विद्यालयले शैक्षिक क्षेत्रमा रचनात्मक रुपमा गुणस्तरीय शिक्षा प्रदान गरेको जानकारी गराउँदै विद्यालयलाई सबैतिरबाट साथ सहयोग रहेको कारणले गर्दा झापामै निजी क्षेत्रबाट सञ्चालित विद्यालय मध्ये सबैभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालय बन्न सफल भएको बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख संग्रौला, हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारी, सम्मानित व्यक्तित्व संस्थापक क्याम्पस प्रमुख निर्मलकुमार पाण्डे र अभिभावक विक्रम बोहोरा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त अवसरमा हिसान झापाका उपाध्यक्ष उत्तम खनाल, सचिव देबेन्द्र हुमागाईं, आदर्श स्कुल अफ मेनेजमेन्टका प्रमुख संजोग खरेल, निदी माविका प्रिन्सिपल भिस्म प्रसाईं लगायतको आतिथ्यता रहेको थियो ।
शिक्षक लक्ष्मीप्रसाद निरौलाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन तुलसीराम खरेल र सरोज घिमिरेले गरेका थिए ।
विद्यालयको कक्षा १० सम्मको वार्षिकोत्सव तथा अभिभावक दिवस भने बिहीबार सम्पन्न भएको थियो ।







