झापाको बिर्तामोड-८ मा अवस्थित प्रशान्ती एजुकेशन फाउन्डेसनको १८ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर शिक्षा तथा युवा खेलकुद शाखा अधिकृत केशरबहादुर खवासको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त अवसरमा हिसान झापाका सचिव देबेन्द्र हुमागाई, प्याब्सन बिर्तामोड अध्यक्ष सुरेन्द्र खरेल, जनता आधारभुत विद्यालयका प्रधानाध्यापक डिल्लिरमण भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नगर प्याब्सन कोषाध्यक्ष प्रमिला बजागाई, सह-कोषाध्यक्ष दिपक चौलागाईं, एमिटी स्कुलका प्रिन्सिपल आर एस ढकाल लगायतको उपस्तिथि रहेको थियो ।
विद्यार्थीलाई विभिन्न स्थानको अवलोकन भ्रमण, शिक्षकलाई तालिम, बालबालिकाको स्वास्थ प्रशिक्षण गर्ने गरिएको र विद्यालयमै नर्सको व्यवस्थापन, कम्युटर ल्याबको व्यवस्था गरिएको प्रधानाध्यापक रहमत अन्सारीले विद्यालयको वार्षिक प्रतिवेदनमा प्रस्तुत गरेका थिए । ४०० विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा ३२ जना शिक्षक र कर्मचारी कार्यरत रहेका छन् ।







