उच्च शिक्षालय तथा माध्यमिक बिधालय संघ नेपाल (हिसान) कोशी प्रदेश स्तरिय छात्र फुटबल फुटबल प्रतियोगिताको फाइनलमा झापाको निदि स्कुल र आदर्श स्कुल अफ मेनेजमेएन्ट बिर्तामोड पुगेका छन् ।
झापा, मोरङ र सुनसरी जिल्लाका (हिसान)का छात्रको खेलहरु इटहरीमा सञ्चालन भएका थिए ।
पुर्वान्चल कलेज इटहरी र निदि स्कुलको पहिलो सेमिफाइनल खेलमा दुबै तर्फ एक-एक गोल भएपछी भएको पेलान्टीमा निदि स्कुलले पुर्वान्चललाई हराएको थियो ।
उक्त खेलमा निदिका अनुराग पराजुली र सिद्धान्त लिम्बु मेन अफ दी म्याच भएका छन् ।
त्यसैगरी अर्को सेमीफाइनल खेलमा आदर्श स्कुल र रेड स्टार पथरी मोरङ बीच भएको खेल ३-१ को अन्तरमा आदर्श स्कुलले रेड स्टारलाई हराएको हो ।
आदर्शका साहिल धिमाल,पवन बास्के र समिर हेमरमले क्रमश: एक-एक गोल गरेको खेलमा आदर्शका नितेश लिम्बु मेन अफ दी म्याच भएका छन् ।
फाइनल खेल बिहिबार आदर्श स्कुल र निदि स्कुलबीच इटहरीको रंगशालामा हुने आदर्शका आउटरिच मेनेजर दीपक दासले जानकारी दिए ।







