काठमाडौँ-शिक्षा मन्त्रालयले सातैवटा प्रदेशका सात स्थानीय तहमा मेगा किचन सञ्चालन गर्ने तयारी गरेको छ । प्रादेशिक तहबाट छनोट गरिएका सातवटा स्थानीय तहमा मन्त्रालयले मेगा किचन सञ्चालनको प्रारम्भिक तयारी थालेको हो ।
विराटनगर र पोखरा महानगरपालिका, जनकपुर, हेटौँडा, घोराही र धनगढी उपमहानगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मेगा किचन सञ्चालन हुनेछ ।
स्थानीय तहभित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई एकीकृत गरी खाजा खुवाउने कार्यक्रमलाई मेगा किचन भनिएको हो ।
Advertisement
मेगा किचन स्थापना र सञ्चालन सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न मन्त्रालयले प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले बजेट पठाएको छ ।







