निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल झापा (प्याब्सन) ले बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाईलाई सम्मान गरेको छ ।
प्याब्सन झापाले चम्लगाईलाई सामाजिक क्षेत्र सहित शैक्षिक, राजनीतिक एवम् राष्ट्र विकास तथा जनसेवामा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरेको हो । प्याब्सन झापाले हरेक वर्ष एक जना विशिष्ठ व्यक्तिलाई संस्थाको वार्षिकोत्सवमा सम्मान गर्दै आएको छ ।
बाह्रदशी गाउँपालिका-६ स्थित दिपजन अंग्रेजी विद्यालयमा आयोजित कार्यक्रमकाबीच चम्लगाईलाई सम्मान पत्र प्रदान गरिएको थियो । सम्मानपत्र कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य छवि चुडालले प्रदान गरेका थिए ।
चम्लगाईलाई यसअघि सुरुङ्गामा आयोजित कार्यक्रममा सम्मान गरिने कार्यक्रम तय भएको थियो । तर, पारिवारिक समस्याका कारण चम्लगाई सो कार्यक्रममा उपस्थित हुन नसकेपछि उनको सम्मान रोकिएको र दिपजनको वार्षिकोत्सवका अवसरमा सम्मान प्रदान गरिएको प्याब्सन झापाका निवर्तमान अध्यक्ष गौरीमान फागोले जानकारी दिए ।







