• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गोमेन्द्र बिर्ता मोडल वार्षिकोत्सव: अभिभावकदेखि विद्यार्थीसम्म सम्मानित


  •    संवाददाता/ सोमबार, फागुन ०५, २०८१  

  • झापाको बिर्तामोड-४ स्थित गोमेन्द्र बिर्ता मोडल इङ्लिस स्कुलले उत्कृष्ट शिक्षक, अभिभावक तथा विद्यार्थीलाई सम्मान गरेको छ ।

    विद्यालयको सोमबार सम्पन्न २८ औं वार्षिकोत्सवको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।

    Advertisement

    बिर्तामोडको सिटी सेन्टरमा आयोजित एक भव्य कार्यक्रमका बीच विद्यालयले शिक्षक सीएम खनाललाई दीर्घ सेवा सम्मानद्वारा सम्मानित गरेको छ । खनाल एक दशक बढी समयदेखि गोमेन्द्र बिर्ता मोडलमा अध्यापन छन् ।

    Advertisement

    अभिभावकहरू गीता रिजाल दाहाल, भोला गुरागाईं, उदयनारायण दाहाल, ध्रुवकुमार पुरी, कुमार पन्त र अरुण लिङ्खिम राईलाई सम्मान गरिएको छ । विद्यालयका जन्मदाता ज्ञानुनाथ मैनाली र कुशलादेवि शिवाकोटीलाई जयनारायण-हरिप्रिया स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

    त्यस्तै ७ हजार ५ सय नगद राशीको धनमाया शर्मा स्मृति पुरस्कार मेधावी छात्रा निर्जला राई, ५ हजार पाँच रुपैया राशीको दाधरा पुरस्कार छात्रा शिवानी नेसालाई प्रदान गरिएको थियो भने नेसालाई नगद तथा सम्मानपत्रका साथै स्कूल ब्याग र शैक्षिक सामाग्री समेत प्रदान गरिएको थियो ।

    नगद पाँच हजार पाँच रुपैयाको देवका ढकाल स्मृति छात्रवृत्ति पुरस्कार विद्यार्थीहरु अनिशा राजवंशी र दिपस्ना लिम्बू (संयुक्त), आरभराज डाँगी, सगुन श्रेष्ठ र प्रज्वल प्रसाईलाई प्रदान गरिएको छ ।

    सरसफाईमा उत्कृष्ट छात्राहरु कृति थापा र श्रेया राईलाई पुरस्कृत गरियो भने ग्रेसा दियालीलाई अनुशासित विद्यार्थीको रुपमा पुरस्कृत गरिएको कार्यक्रम सञ्चालक तथा विद्यालयका इन्चार्ज तीर्थ दाहालले जानकारी दिए ।

    वर्षोत्कृष्ट विद्यार्थीको रुपमा एलेक्स पोखरेल र मस्ट भर्सटायल विद्यार्थीको रुपमा सायन घोष पुरस्कृत भए । उनीहरूलाई विद्यालयका निर्देशक तथा कार्यक्रमका अध्यक्ष उत्तम खनाल, सहनिर्देशक गीता ढकाल खनाल र संस्थापक प्राचार्य गणेशप्रसाद खनालले सम्मान पत्र प्रदान गरेका थिए ।

    शिक्षक तथा विद्यार्थीहरुले विभिन्न साँङ्गीतिक तथा सास्कृतिक प्रस्तुति राखेको कार्यक्रममा प्याब्सन बिर्तामोडका अध्यक्ष सुरेन्द्र खरेल, कोषाध्यक्ष प्रमिला बजगाईं, सदस्य दिपक चम्लागाईं, हिसान झापाका सचिव देबेन्द्र हुमागाईं लगायतको आतिथ्यता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.