• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाका १४ पालिकामा सम्पन्न भयो शिक्षक संघको प्रतिनिधि सभा


  •    संवाददाता/ सोमबार, फागुन ०५, २०८१  

  • नेपाल शिक्षक संघ झापाले जिल्लाका १४ पालिकामा प्रतिनिधि सभा सम्पन्न गरेको छ ।

    यसैबीच शिक्षक संघ गौरादह नगर कार्यसमितिको पाँचौँ प्रतिनिधि सभा आइतबार सम्पन्न भएको छ ।

    Advertisement

    नेपाली काँग्रेस गौरादह नगर सभापति गोपाल कोइरालाको प्रमुख आतिथ्य तथा शिक्षक संघ संघीय सदस्य शिवहरि ढकाल एवम् संघका जिल्ला सह-सचिव युवराज कट्टेलको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा शिक्षक संघमा आबद्ध गौरादह नगरअन्तर्गत रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक एवम् शिक्षकहरूको उपस्थिति रहेको थियो ।

    Advertisement

    गौरादह नगरपालिका वडा नम्बर २ स्थित वीपी स्मृति सभाहलमा आयोजित कार्यक्रममा नेपाली शिक्षक संघमा आबद्ध रहेर यही वर्ष २०८१ मा अनिवार्य अवकाश हुँदै सेवा निवृत्त भएका शिक्षकहरूलाई सम्मान गरिएको थियो ।

    सम्मानित हुने शिक्षकहरूमा भारती प्राथमिक विद्यालय गौरादह-७ का प्रधानाध्यापक हिरालाल ताजपुरिया तथा सूर्योदय आधारभूत विद्यालय गौरादह-४ का शिक्षक वेनुप्रसाद अधिकारी रहेका छन् ।

    गौरादहका कार्यसमिति सदस्य जिवनाथ सिटौलाले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि गोपाल कोइराला, केन्द्रीय सदस्य शिवहरि ढकाल, जिल्ला सह-सचिव युवराज कट्टेल, नेपाल शिक्षक महासंघ गौरादहका पूर्व अध्यक्ष बाबुराम भण्डारी, निवृत्त शिक्षक हिरालाल ताजपुरियालगायतले सम्बोधन गरेका थिए ।

    गौरादह नगर समिति सचिव जगत प्रसाईंले सञ्चालन गरेको कार्यक्रममा नेपाल शिक्षक संघ गौरादहका कार्यबाहक अध्यक्ष एवम् कार्यक्रमका सभापति हेमकुमार बरालद्वारा नेपाल शिक्षक संघ गौरादहको २०८१ को साङ्गठनिक प्रतिवेदन पेस गरिएको थियो ।

    त्यसैगरी नेपाल शिक्षक संघ शिवसताक्षीको प्रतिनिधि सभा पनि आइतबार सम्पन्न भएको छ ।

    नेपाल शिक्षक संघ शिवसताक्षीका सभापति विष्णु सुव्बाको अध्यक्षता भएको कार्यक्रममा नेपाल शिक्षक संघ झापाका उपाध्यक्ष कुमार खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो ।

    उक्त अवसरमा उत्कृष्ट शिक्षक सम्मान, अवकाश प्राप्त शिक्षकलाई सम्मानसहित बिदाई गरिएको अध्यक्ष सुव्बाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.