झापामा क्षयरोगका छ सय १६ जना नयाँ बिरामी फेला परेका छन् ।
झापामा २७ बालबालिकासहित छ सय १६ जना नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन विरेन्द्र दासले जानकारी दिए । जसमा तीन सय ७९ पुरुष र दुई सय १९ जना महिला छन् ।
चालू आर्थिक वर्षको छ महिनाको अवधिमा खकारमा किटाणु देखिएका तीन सय ७४, छातीको एक्स-रेबाट पत्ता लागेका ८९ जना र फोक्सोमा बाहेक अन्य अंगमा क्षयरोग देखिएका एक सय ५१ नयाँ बिरामी फेला परेको उनले बताए । क्षयरोग पुन: दोहोरिएको ४४ जना बिरामी समेत फेला परेको उनले बताएका छन् । ।
Advertisement
आर्थिक वर्ष २०७९/०८० मा एक हजार ४५ जना र आव २०८०/०८१ मा एक हजार दुई ६० जना नयाँ क्षयरोगका बिरामी फेला परेको जानकारी दिँदै उनले पछिल्लो समय झापामा क्षयरोगीको संख्या बढ्दै गएको बताए ।







