झापाको बिर्तामोड-५ मा अवस्थित कोहेड एजुकेशन फाउन्डेसनले ३०औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ ।
उक्त अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम, नृत्य, गायन, नाटक तथा प्रतिभा प्रदर्शन गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल गुरागाईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर शिक्षा उपसचिव तिलचन भण्डारी, बिर्तामोड-५ का वडाध्यक्ष रोहित प्रसाई, चेम्बर अफ कमर्स केन्द्रिय सदस्य ओम विमली, बिर्तामोड प्याब्सनका अध्यक्ष सुरेन्द्र खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Advertisement
विद्यालयका प्रधानाध्यापक सन्देश ओलीले शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको कार्यक्रमको सञ्चालन सहप्रधानाध्यापक कमल तिम्सिनाले सञ्चालन गरेका थिए ।







