बिर्तामोड नगरपालिकामा रहेको विज्ञान विषय समितिले नगरस्तरीय विद्यार्थी निर्मित विज्ञान साम्रगी प्रदर्शनी गरेको छ ।
बिर्ताबजार स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयको प्राङ्गणमा मंगलबार प्रदर्शनी सम्पन्न गरेको हो ।
उक्त प्रदर्शनीमा बिर्तामोड नगरका २५ सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले प्रदर्शनी अवलोकन गर्दै विज्ञान विषयप्रतिको विद्यार्थीको अभिरूची र वैज्ञानिक सोचको महत्व जोड्दै यस्ता प्रदर्शनीहरुले विज्ञान सिकाइमा योगदान पुर्याउने बताइन् ।
प्रतियोगितामा मोहनमाया मावि प्रथम, न्युटन एजुकेशन एकेडेमी दोस्रो, महेन्द्र रत्न मावि तेस्रो स्थानमा रह्यो भने ईकम स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
विज्ञान विषय समितिका संयोजक लक्ष्मीप्रसाद प्रसाईंको अध्यक्षतामा भएको प्रदर्शनीको निर्णायकमा विज्ञान शिक्षक पवन भट्टराई र रेखा भण्डारी रहेका थिए ।







