बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाले बुधवार स्थानीय विदा दिएका छन् ।
सन्थाल समुदायको महान पर्व सोहरायको अवसरमा पालिकाले स्थानीय विदा दिएको हो ।
मंगलावार बसेको कार्यपालिकाको बैठकले बुधवार स्थानीय विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाईले जानकारी दिए ।
माघ शुक्ल पूर्णिमाका दिन बाह्रदशी गाउँपालिका-१ स्थित लक्ष्मीनारायण मन्दिरमा धार्मिक मेला समेत लाग्दै आएको छ ।
त्यस्तै सन्थाल समुदायको सोहराय पर्वको अवसरमा बिर्तामोड नगरपालिकाले स्थानीय विदा दिएको नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए ।
बिर्तामोड नगरकार्यपालिकाको माघ २७ गतेको निर्णय अनुसार माघ ३० गते स्थानीय विदा दिइएको उपसचिव भण्डारीद्वारा जारी सूचनामा उल्लेख छ । विदाका दिन बिर्तामोड नगर क्षेत्र भित्रका अत्यावस्यक सेवा वाहेक अन्य कार्यालय बन्द रहने बताइएको छ ।







